राजविराज

कोशी टप्पु वन्य जन्तु आरक्षबाट दर्जनौंको संख्यामा आएका जंगली हात्तीले सप्तरीको कञ्चनरुपमा गएराति तीन घर भत्काएका छन् । "/>

जंगली हात्तीको समुहले सप्तरीमा तीन वटा घर भत्कायो

जंगली हात्तीको समुहले सप्तरीमा तीन वटा घर भत्कायो


राजविराज

कोशी टप्पु वन्य जन्तु आरक्षबाट दर्जनौंको संख्यामा आएका जंगली हात्तीले सप्तरीको कञ्चनरुपमा गएराति तीन घर भत्काएका छन् । कञ्चनरुप नगरपालिका १२ स्थित रुपनगर चर्खियाका रामकिसन खत्वे, लिला बन्जारा र जलेश्वर मोचीको घर भत्काउनुका साथै हात्तीले अन्नबाली समेत नष्ट गरेको वडा अध्यक्ष देवीबहादुर खत्रीले जानकारी दिए ।

आरक्षको हात्ती, अर्ना र भालुको आक्रमणबाट सप्तरीको उत्तरीपूर्व क्षेत्रका गाउँको जनजीवन निकै प्रभावित बन्दै आएपनि सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीय सरस्वती आचार्य बताउँछिन् ।

आरक्षबाट आउने जनावरले घरगोठ, बालीनालीमा क्षति पुर्‍याउनुका साथै घरपालुवा पशुचौपाया र मानिसलाई समेत आक्रमण गरेर ज्यान लिने गरेको छ । यसअघि कञ्चनरुप नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट कञ्चनरुप नगरपालिका ५ की ४५ वर्षीया दुर्गी मुखिया र ३५ वर्षीया मन्जु साहको गत फागुन १ गते मृत्यु भएको थियो । जंगली जनावरको आक्रमणबाट वर्षेनी दर्जनौं व्यक्ति गम्भीर घाइते हुने गरेका छन् ।
अन्नपूर्णबाट

Logo