डोटी

मान्छे सबैभन्दा खुसी कहिले हुन्छ ? डोटी पूर्वीचौकी गाउँपालिका–७, पोखरीकी जगुदेवी खड्काको जवाफ छ, ‘नागरिकता पाउँदा । "/>

१०१ वर्षको उमेरमा नागरिकता पाए पछि दंग छिन् जगुदेवी !

१०१ वर्षको उमेरमा नागरिकता पाए पछि दंग छिन् जगुदेवी !


डोटी

मान्छे सबैभन्दा खुसी कहिले हुन्छ ? डोटी पूर्वीचौकी गाउँपालिका–७, पोखरीकी जगुदेवी खड्काको जवाफ छ, ‘नागरिकता पाउँदा ।’ हुन पनि उनले १ सय १ वर्षमा आइतबार नागरिकता पाइन् । ‘यो उमेरमा नागरिकता लिन पाउँदा मन फुरुङ्ग भएको छ’, प्रफुल्ल मुद्रामा देखिएकी उनले भनिन्, ‘अब सरकारले सम्मान र सुविधा पनि दिन्छ कि ।’

जगुदेवीलाई आजसम्म नागरिकता चाहिएकै थिएन । जिन्दगीमा उनले आफ्नो परिचय दिनका लागि कतै पनि कागज बुझाउनु परेन । ८० वर्ष देखि वृद्धभत्ता बुझ्दै आएकी थिइन्, त्यसका लागि नागरिकता अनिवार्य थिएन । ‘हजुरआमाले चिनाका आधारमा सामाजिक सुरक्षा भत्ता बुझ्दै आउनुभएको थियो,’ जगुदेवीका नाति तेजेन्द्रकुमार खड्काले भने ।

सरकारले चालु आर्थिक वर्षदेखि वृद्धभत्ता लिन नागरिकता अनिवार्य ग¥यो । अनि मात्रै जगुदेवीका लागि नागरिकता जरुरी प¥यो । ‘अहिलेसम्म मलाई यो ( नागरिकता ) चाहिएकै थिएन’, उनले भनिन् ।

पूर्वीचौकी–७ वडाध्यक्ष प्रकाश साउदले ज्येष्ठ नागरिकलाई नागरिकताका लागि सिफारिस गर्न पाउँदा खुसी लागेको बताए । ‘यति धेरै वर्ष भएको व्यक्तिलाई नागरिकता प्रदान गरिएको मेरो र कार्यालयकै इतिहासमा पहिलो घटना हो’, प्रजिअ यादव सुवेदीले भने, ‘म पनि दंग छु ।’ जगुदेवीले नाति तेजेन्द्रकै पहलमा नागरिकता लिएकी हुन् ।
अन्नपूर्णबाट

Logo