नागरिकताको पहल गर्न एनआरएन टोली काठमाडौं आउँदै

नागरिकताको पहल गर्न एनआरएन टोली काठमाडौं आउँदै


एनआरएनलाई नागरिकताको पहल गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको टोली नेपाल आउने भएको छ ।

गैरआवासीय नेपाली नागरिकता सम्बन्धि विधेयक संसदमा दर्ता भएको अवस्थामा थप दवाव दिन बेलायतबाट एनआरएनको प्रतिनिधिमण्डल शनिबार नेपालका लागि प्रस्थान गर्न लागेको हो ।
एनआरएनए यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घलेको नेतृत्वमा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, एनआरएनए यूके पूर्वअध्यक्षहरु, अधिवक्ता गोविन्द बेल्वासे, आईसीसी सदस्य जयप्रकाश गुरुङलगायत रहनेछन् ।

प्रतिनिधिमण्डलले विधेयक संसदमा छलफल हुनुअघि विभिन्न राजनीतिक पार्टीका नेता, सांसद, सरकारी प्रतिनिधि र सरोकारवाला अन्यलाई भेटेर लविङ गर्ने महासचिव त्रिपाठीले जानकारी दिए ।

 

Logo