काठमाडौं

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लिन आवेदन फारम भर्ने कार्य बन्द गरेको जनाएको छ । "/>

नयाँ लाइसेन्सको लागि भरेका सबैको आवेदन साउन १ गते सम्मका लागि स्थगित

नयाँ लाइसेन्सको लागि भरेका सबैको आवेदन साउन १ गते सम्मका लागि स्थगित


काठमाडौं

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लिन आवेदन फारम भर्ने कार्य बन्द गरेको जनाएको छ । राजश्व हिसाब मिलान तथा पुनः ट्रायल दिने व्यवस्थाको व्यवस्थापनमा प्राविधिक समस्या आएपछि विभागले विभिन्न कार्यालयबाट लिँदै आएको लाइसेन्सको आवेदन लिने कार्य बन्द गर्ने निर्णय गरेको हो । यद्यपि साउन १ गते देखि भने पुनः सुचारु हुनेछ ।

विभागले दशैभरिका यातायात कार्यालयलाई सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । गत जेठ २१ गतेको निर्णय अनुसार यातायात कार्यालयले सवारी चालकको अनुमति पत्रका लागि आवेदन लिने कार्य बन्द गरेको हो ।

विभागले सवारी चालक सम्बन्धी कार्य गर्दै आएका एकान्तकुना, सुकेधारा, जगाति, ठूलो भर्याङ, कोशी, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धौलागिरी, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीका कार्यालयलाई अनलाइन फारम रद्द गरिएको जनाउँदै विभागले आवेदन नलिन निर्देशन दिएको छ । त्यस्तै विभागले असार महिनाका लागि नयाँ सवारी चालकको लागि आवेदन फारम पनि नभरिने प्रष्ट पारेको छ ।

विभागले मातहतका निकायलाई प्रेसित गरेको पत्रमा हालसम्म खुलाइएको अनलाइन फारमको ट्रायल असार १५ भित्र सक्नुपर्ने भएकाले यस आर्थिक वर्षमा कुनै पनि फारम नलिने र असार महिनाका लागि फारम भरेकाहरुको अनलाइन आवेदन रद्द गर्ने निर्णय गरेको हो ।
नेपाल समाचारपत्रबाट

Logo