काठमाडौं
भारतमा भएको एघारौं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेगस्पीनर सन्दीप लामिछाने आज स्वदेश फर्किएका छन् । "/>

स्वदेश फर्किए पछि क्रिकेटर सन्दीप लामिछानेले के भने ? ( हेरौं भिडियोमा )

स्वदेश फर्किए पछि क्रिकेटर सन्दीप लामिछानेले के भने ? ( हेरौं भिडियोमा )


काठमाडौं
भारतमा भएको एघारौं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेगस्पीनर सन्दीप लामिछाने आज स्वदेश फर्किएका छन् । आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका १७ वर्षीय लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, म्यानेजर रमन शिवाकोटी लगायतले स्वागत गरे ।

लामिछानेले आइपिएलबाट आफूले धेरै कुरा सिकेको भन्दै त्यो कुरालाई नेपाली क्रिकेटमा लागू गर्ने बताए । उनले आइपिएलमा नेपाललाई चिनाउने मौका पाएको भन्दै बलिङमा थप सुधार भएको धारणा व्यक्त गरे । लामिछानेले अन्तिम तीन खेल खेल्ने मौका पाएका थिए । उनले खेलेका तीन खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै कूल ५ विकेट झारेका थिए । उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । रासस

स्वदेश फर्किएपछि उनले के भने : हेरौं भिडियोमाः

Logo