काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ दिने नेपाल भ्रमणका क्रममा नेपालमा नाकाबन्दी लगाउने सुत्रधार एबम मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभल जनकपुरमा ओर्लिए । "/>

नाकाबन्दीका सुत्रधार भारतीय जासुस मोदीसँगै !

नाकाबन्दीका सुत्रधार भारतीय जासुस मोदीसँगै !


काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ दिने नेपाल भ्रमणका क्रममा नेपालमा नाकाबन्दी लगाउने सुत्रधार एबम मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभल जनकपुरमा ओर्लिए । मोदी सवार एटिआर ७२–६०० विमानबाट सबैभन्दा पहिला ओर्लिएका डोभल त्यसपछि सार्वजनिक कार्यक्रममा भने देखिएनन् ।

डोभलको विश्लेषणमा २०७२ असोजमा भारतले नेपाल माथि अमानवीय नाकाबन्दी लगाएको थियो । मोदीका सुरक्षा सल्लाहकार समेत रहेका डोभल भ्रमण टोलीका एक महत्वपूर्ण सदस्य हुन् । ४० वर्षभन्दा बढी भारतीय सुरक्षा एजेन्सीहरुमा काम गरेका डोभल भारतमा सिक्किम मिसाउने योजनाकार मानिन्छन् ।

डोभलको जानकारी डिप्लोमेसी र वैदेशिक सम्बन्धबारे कम रहेको टिप्पणी हुँदै आएको छ । हाइप्रोफाइल भारतीय जासुसका रुपमा चिनिएका डोभल सात वर्ष सम्म पाकिस्तानमा मुस्लिमको भेषमा रहेर सूचना बटुल्ने काममा सक्रिय रहेका थिए ।
नेपाल समाचारपत्रबाट

Logo