सुर्खेत ।
प्रदेश नम्बर ६ को पहिलो बैठक सम्पन्न भएको छ । दिउँसो १ बजे बसेको बैठक ४५ मिनेटमै सकिएको हो । बैठक जेष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसको थियो । "/>

प्रदेश ६ः पौने घण्टाको बैठकले के निर्णय गर्यो

प्रदेश ६ः पौने घण्टाको बैठकले के निर्णय गर्यो


सुर्खेत ।
प्रदेश नम्बर ६ को पहिलो बैठक सम्पन्न भएको छ । दिउँसो १ बजे बसेको बैठक ४५ मिनेटमै सकिएको हो । बैठक जेष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसको थियो ।

बैठकमा नेकपा एमालेका तर्फबाट यामलाल कंडेल, माओवादी केन्द्रका तर्फबाट महेन्द्रबहादुर शाही र नेपाली कांग्रेसका तर्फबाट जीवनबहादुर शाहीले सम्बोधन गरेका थिए । यस्तै राप्रपाबाट शोसीला शाहीले सम्बोधन गरिन् ।

समानुपातिक सहित ४० सांसद रहेको प्रदेश ६ को बैठकले विवभिन्न निर्णयहरु सर्वसम्मत पारित गरेको छ । बैठकले माघ २९ गते सभामुख चयन गर्ने, प्रदेश संसद सञ्चालन कार्यविधि लगायतका एजेण्डाहरु बैठकले सर्वसम्मत पारित गरेको हो ।

Logo