#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4382500311652891045310832206606
नेपाल15983086243293115675
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा नेपाललाई ऐतिहासिक सफलता हात परेको छ । यूएईविरुद्धको एक दिवसीय सिरिज जितेको नेपालले टि २० सिरिज पनि आफ्नो कोल्टामा पार्न सफल भएको हो ।नेपालले आज भएको टि २० सिरिजको अन्तिम तथा तेस्रो खेलमा यूएईलाई पराजित गर्दै ईतिहास रच्न सफल भएको हो । नेपालले दुवै सिरिज यूएईएकै घरेलु मैदानमा जितेको हो ।टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेटको क्षतिमा १ सय ४ रन बनाएको थियो । वर्षाका कारण १० ओभरमा सारिएको खेलमा १०५ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा ९० रन मात्रै बनाउन सक्यो ।नेपाल १४ रनले विजयी भएको हो । नेपालका लागि करन केसी, अविनास बोहरा र ललितराज बंशीले समान २-२ विकेट लिए । त्यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले १-१ विकेट लिए ।नेपालले टि-२० सिरिज २-१ ले जितेको हो । यो सँगै नेपालले यूएईबाट ३ लाख १० हजार रुपैयाँ नगद पुरस्कार समेत पाएको छ । सिरिजको पहिलो खेल यूएई र दोस्रो खेल नेपालले जितेको थियो । त्यस्तै एक दिवसीय सिरिजमा पनि पहिलो खेल यूएई र दोस्रो तथा तेस्रो खेल नेपालले जितेको थियो ।

नेपालको ऐतिहासिक जित, टि २० सिरिज पनि नेपालको कब्जामा

Shares157

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा नेपाललाई ऐतिहासिक सफलता हात परेको छ । यूएईविरुद्धको एक दिवसीय सिरिज जितेको नेपालले टि २० सिरिज पनि आफ्नो कोल्टामा पार्न सफल भएको हो ।

नेपालले आज भएको टि २० सिरिजको अन्तिम तथा तेस्रो खेलमा यूएईलाई पराजित गर्दै ईतिहास रच्न सफल भएको हो । नेपालले दुवै सिरिज यूएईएकै घरेलु मैदानमा जितेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेटको क्षतिमा १ सय ४ रन बनाएको थियो । वर्षाका कारण १० ओभरमा सारिएको खेलमा १०५ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा ९० रन मात्रै बनाउन सक्यो ।

नेपाल १४ रनले विजयी भएको हो । नेपालका लागि करन केसी, अविनास बोहरा र ललितराज बंशीले समान २-२ विकेट लिए । त्यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले १-१ विकेट लिए ।

नेपालले टि-२० सिरिज २-१ ले जितेको हो । यो सँगै नेपालले यूएईबाट ३ लाख १० हजार रुपैयाँ नगद पुरस्कार समेत पाएको छ । सिरिजको पहिलो खेल यूएई र दोस्रो खेल नेपालले जितेको थियो । त्यस्तै एक दिवसीय सिरिजमा पनि पहिलो खेल यूएई र दोस्रो तथा तेस्रो खेल नेपालले जितेको थियो ।

Shares157

सम्बन्धित समाचारहरु