भद्रपुर, २८, मंसिर
ग्रामीण तथा शहरी विकास नेपालले बुधबार झापाको कचनकवल, बाह्रदशी र हल्दिवारीका ४० जना बालबालिकालाई जनही पाँच हजारका दरले राहत वितरण गरेको छ । "/>

चालीस बालबालिकालाई राहत वितरण

चालीस बालबालिकालाई राहत वितरण


भद्रपुर, २८, मंसिर
ग्रामीण तथा शहरी विकास नेपालले बुधबार झापाको कचनकवल, बाह्रदशी र हल्दिवारीका ४० जना बालबालिकालाई जनही पाँच हजारका दरले राहत वितरण गरेको छ ।युनिसेफको सहयोगमा महिला तथा बालबालिका कार्यालय, झापाको प्राविधिक सहयोगमा सो संस्थाले तीनवटै गाउँपालिका कार्यालयमा गई राहत वितरण गरेको हो ।

बाढी प्रभावित तथा विस्थापित बालबालिका र परिवारलाई हिंसा र शोषणबाट बचाउने प्रभाव न्यूनीकरण परियोजना अन्तर्गत यो राहत वितरण गरिएको संस्थाकी अध्यक्ष वसन्तलक्ष्मी उदासले जानकारी दिइन् । संस्थाले झापाका एक नगरपालिका र ६ गाउँपालिकामा बाढीबाट पीडित भएका अतिविपन्न तथा विस्थापित १ सय जना बालबालिकालाई जनही पाँच हजारका दरले राहत वितरण गरेको संस्थाका कार्यक्रम संयोजक पुष्प संग्रौलाले जानकारी दिए । दमकमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाले बाढी पीडितलाई तत्काल राहत वितरण गरी मनोसामाजिक सेवा समेत उपलब्ध गराएको थियो । संस्थाले आज शिवसताक्षी नगरपालिका, कमल, गौरीगञ्ज गाउँपालिकामा र शुक्रबार झापा गाउँपालिकामा बाँकी ६० जनालाई राहत वितरण गर्ने कार्यक्रम तय गरेको छ ।
रासस

Logo