काठमाडौं,१७,मंशिर
सवारीसाधनबाट अत्याधिक वायु प्रदूषण हुन थालेपछि सरकारले यसको कडा नियमन गर्ने भएको छ । प्रदूषण परीक्षणका लागि ४० वटा ‘भेइकल इमिसन टेस्ट’ गर्ने मेसिन खरिद गर्ने भएको हो । "/>

उपत्यकाको वायु प्रदूषण नियन्त्रणको काम प्रभावकारी बनाइने

उपत्यकाको वायु प्रदूषण नियन्त्रणको काम प्रभावकारी बनाइने


काठमाडौं,१७,मंशिर
सवारीसाधनबाट अत्याधिक वायु प्रदूषण हुन थालेपछि सरकारले यसको कडा नियमन गर्ने भएको छ । प्रदूषण परीक्षणका लागि ४० वटा ‘भेइकल इमिसन टेस्ट’ गर्ने मेसिन खरिद गर्ने भएको हो । काठमाडौं उपत्यकामा वायु प्रदूषण अत्याधिक भएकाले यसको नियन्त्रणका लागि यातायात व्यवस्था विभागले आगामी दुई महिना भित्रै यस्ता मेसिन खरिद गर्ने भएको हो । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवालाहरू बीच भएको बैठकले यस्तो निर्णय गरेको विभागले जनाएको छ ।  उपत्यकाको वायु प्रदूषण नियन्त्रणको काम निकै फितलो भएकाले उक्त कार्यलाई प्रभावकारी बनाउने निर्णय समेत भएको छ । उपत्यकाको वायु प्रदूषित हुनुमा सवारीसाधन प्रमुख कारण भएकाले धेरै प्रदूषण गर्ने सवारीसाधनलाई परीक्षणपछि नियन्त्रण गरिने छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकले बुधबार देखि नै सवारीसाधन प्रदूषण अनुगमन थाल्ने समेत निर्णय गरेको छ ।
कारोबारबाट

Logo