काठमाडौं,१५, मंशिर

निर्वाचन आयोगले २१ मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र विश्वसनीय बनाउन शुक्रबार (आज) देखि ८८ जना उपसचिवस्तरका कर्मचारीलाई अनुगमनमा खटाएको छ । "/>

निर्वाचनमा ८८ जना सूक्ष्म अनुगमनकर्ता खटाइए

निर्वाचनमा ८८ जना सूक्ष्म अनुगमनकर्ता खटाइए


काठमाडौं,१५, मंशिर

निर्वाचन आयोगले २१ मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र विश्वसनीय बनाउन शुक्रबार (आज) देखि ८८ जना उपसचिवस्तरका कर्मचारीलाई अनुगमनमा खटाएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार अनुगमनमा खटिएका कर्मचारीहरूले जिल्ला जिल्लामा गएर राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पालना गरे/नगरेको सूक्ष्म रूपमा अनुगमन गर्नेछन् । अनुगमनका क्रममा आचारसंहिता विपरीत कार्य गरिएको फेला परेको खण्डमा ती अनुगमनकर्ताहरूले तत्काल निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउनेछन् भने आयोगले आवश्यक कारबाही गर्नेछ । सूक्ष्म अनुगमनकर्ताहरूले आगामी २२ मंसिर सम्ममा विभिन्न जिल्लामा गएर अनुगमन गर्ने प्रवक्ता ढकालले बताए ।

‘निर्वाचन आचारसंहिता उल्लंघन गरिएको भेटियो भने उहाँहरूले तुरुन्तै आयोगमा रिपोर्ट गर्नुहुन्छ,’ ढकालले भने, ‘त्यसपछि आयोगले कारबाहीको प्रक्रिया अगाडि बढाउँछ ।’ दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । सूक्ष्म अनुगमनकर्ताहरू आवश्यकतानुसार एक जिल्लामा एकभन्दा बढी परिचालित हुने ढकालले बताए । अनुगमनमा खटाउनु अघि बिहीबार आयोगले ८८ जनै सूक्ष्म अनुगमनकर्तालाई अभिमुखीकरण तालिम दिएको थियो ।
राजधानीबाट

Logo