काठमाडौं,२४, कात्तिक
माओवादी केन्द्रले पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी बनेका उम्मेदवार, उनीहरूका प्रस्तावक र समर्थक गरी १० जनालाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको छ। "/>

माओवादीद्वारा दश जना बागी उमेदवारलाई कारवाही

माओवादीद्वारा दश जना बागी उमेदवारलाई कारवाही


काठमाडौं,२४, कात्तिक
माओवादी केन्द्रले पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी बनेका उम्मेदवार, उनीहरूका प्रस्तावक र समर्थक गरी १० जनालाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको छ। वाम गठबन्धनका उम्मेदवार विरुद्ध बागी बनेका हुम्ला र सल्यानका नेता र कार्यकर्तालाई यस्तो कारबाही गरिएको हो ।  पोलिटब्युरो सदस्यद्वय उमाकान्त शर्मा (सल्यान) र छक्कबहादुर लामा (हुम्ला), भीमप्रकाश शर्मा (सल्यान) र जितबहादुर पुन (हुम्ला) ले बागी उम्मेदवार दिएका थिए । पार्टी प्रदेश नम्बर ६ को सिफारिस अनुसार बागी उम्मेदवार बनेका चारजना तथा उनीहरूका समर्थक र प्रस्तावकलाई पार्टीबाट निष्कासन गरिएको हो ।

निष्कासनमा पर्ने प्रस्तावक र समर्थकमा प्रमोद श्रेष्ठ, शालिकराम भट्टराई, सेतीराम ओली, हरिलाल बिसी, टंक ढकाल र कीर्तिबहादुर राना छन् । पार्टी प्रदेश ६ नम्बर समितिको सिफारिसमा उनीहरूलाई कारबाही गरिएको अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नागरिकबाट

Logo