नोकियाले ल्यायो दुई नयाँ सेट

नोकियाले ल्यायो दुई नयाँ सेट


काठमाडौं । ३ साउन । नोकियाले अन्तराष्ट्रिय बजारमा दुई नयाँ मोडेल १०५ र १३० मोवाइल फोनलाई सार्वजनिक गरेको छ । यि दुबै सेटलाई नोकियाले चरणबद्ध रुपमा बजारमा ल्याउने जनाएको छ ।

नोकियाको १३० मोडल दुई किसिमका रहेका छन् एउटामा एउटा सिम र अर्कोमा डुएल सिम लाग्ने रहेको छ । नोकियाले यि दुबै सेटको मुख्य बिशेषता ब्याट्रि क्षमतालाई दिएको छ । कम्पनीको दावा अनुसार यो सेटवाट एफएम रेडियो लगातार ४४ घन्टासम्म सुन्न सकिन्छ । एक पटक फुल चार्ज गरेमा ११ दशमलब ५ घन्टा प्लेब्याक भिडियो हेर्न सकिने दावा गरेको छ ।

नोकियाको ३० प्लस सफ्टवेयर रहेको यो सेटमा रहेको क्यामेराले फोटो र भिडियोलाई पनि खिच्न सक्छ । ८ सय एमएएच क्षमताको ब्याट्रि रहेको यो सेटको टक टाइम १५ घन्टा रहेको छ भने एक महिना स्ट्याण्डवाई टाइम रहेको छ । नोकियाले यो सेटमा पनि आफ्नो ब्राण्डको रुपमा रहेको स्नेक गेमलाई पनि समावेश गरेको छ । यो सेट ७३ ग्रामको मात्र रहेको छ । यि सेटको मुल्य अन्तराष्ट्रिय बजारमा नेपाली रुपैंया २ हजार भन्दा कम पर्ने जनाइएको छ । (एजेन्सी)

Logo