के के प्रस्ताव पेस भयो आजको कांग्रेस केन्द्रीय समिति बैठकमा ?

के के प्रस्ताव पेस भयो आजको कांग्रेस केन्द्रीय समिति बैठकमा ?


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा ०७८ भदौमा १४ औं महधिवेशन गर्ने प्रस्ताव पेस भएको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७ गते देखि १० गते सम्म केन्द्रीय महाधिवेसन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। बुधबारबाट शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकको बारेमा पत्रकारहरुलाई जानकारी गराउँदै प्रवक्ता शर्माले ०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने प्रस्ताव पेस भएको बताए।  

यस्तै गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ ।  

पाँच वर्षमा महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानमा व्यवस्था भए अनुसार ६ महिना म्याद थप गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । बैठक बिहीबार दिउसो तीन बजे पनि बस्ने छ ।

Logo