भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान शम्भुजीत बॉस्कोटा र प्रेमध्वज प्रधानले पाउने

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५” वरिष्ठ गायक प्रेमध्वज प्रधान र वरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई प्रदान गरिने भएको छ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको यो सम्मान यस वर्षका लागि प्रधान र बॉस्कोटाले पाउने भएका हुन् ।

वैशाख २८ गते एक भब्य कार्यक्रम आयोजना गरि गायनतर्फ बरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई उक्त पुरस्कारले सम्मानित गरिने छ ।

हरिप्रसाद रिमाल र चन्द्रराज शर्मालाई सम्मानित गर्दै गत वर्ष देखि यो सम्मानको सुरुवात गरिएको थियो। प्रतिष्ठानाले गत वर्ष संगीतकर्मी कल्याणकारी कोषलाई आर्थिक सहयोग र रोयल्टी समेत प्रदान गरेको थियो ।

सामाजिक र साङ्गितिक कार्यहरुमा क्रियाशील रहेको भक्तराज आचार्य संगीत प्रतिष्ठानले गायन र संगीत क्षेत्रका श्रस्टाहरुलाई हरेक वर्ष सम्मान गर्दै जाने गायक स्वरुपराज आचार्यले बताए ।

यस वर्षको सम्मान कार्यक्रम प्रतिष्ठानले सिटी एक्सप्रेस मनि ट्रान्सफरको मुख्य सहयोगमा आयोजना गर्दै छ।

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान शम्भुजीत बॉस्कोटा र प्रेमध्वज प्रधानले पाउने