लोप्साङ छुडेनको ‘गैरी खेतको शिरैमा’

गायिका लोप्साङ छुडेन शेर्पाको गीति भिडियो सार्वजनिक भएको छ । बाल गायीका छुडेनको ‘गैरी खेतको शिरैमा’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको हो ।
‘इट्स माइ ड्रीम भोल्युम २’मा उक्त गीत समावेश छ । यसअघि उनको ’इट्स माइ ड्रीम’ २०१६ मा रिलिज भएको थियो ।

गीतमा संगीतकर्मी बुद्ध राईले शब्द तथा संगीत दिएका छन् । सबिन लिम्बुले गीतलाई एरेन्ज गरेका हुन् । गीतको भिडियोमा गायिका लोप्साङले नै अभिनय गरेकी छिन् । भिडियोलाई डिबी राईले निर्देशन गरेका हुन् ।

क्यामेरामा विरेन्द्र भट्ट छन् भने उक्त भिडियो अनिल रानाले सम्पादन गरेका छन् । कक्षा चारमा अध्ययनरत छुडेन पढाइमा पनि उत्तिकै अब्बल छिन् ।