खाल्डोमा गाडिएको अवस्थामा महिलाको शव फेला

खाल्डोमा गाडिएको अवस्थामा महिलाको शव फेला


इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ। खाल्डोमा गाडिएको अवस्थामा भेटिएको शव उत्खनन् गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए। 

शव स्थानीय ३१ वर्षकी विनिता काफ्लेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ। केही दिन अघिदेखि काफ्ले घरबाट हराएकी थिइन्। उनको परिवारले विनिता काफ्ले हराइरहेको भन्दै प्रहरीमा हुलियासहित जाहेरी गरेको थियो। 

परिवारको जाहेरीको आधारमा खोजी गर्दा गाडिएको अवस्थामा उनको शव फेला पारेको हो। काफ्लेलाई हत्या गरेर खाल्डोमा गाडिएको हुनसक्ने आशङ्का छ। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ। 

काफ्लेको शव अहिलेसम्म पोस्टमार्टम लागि समेत पठाइएको छैन। ‘घटना कम्लिकेटेड देखिए शव पोस्टमार्टम लागि धरान पठाउँछौं’, प्रहरी उपरीक्षक श्रेष्ठले भने,‘हामी हेर्दैछौं।’

Logo