शनिवार धनगढी ‘एञ्जल अन द फ्लोर’ ग्राण्ड फेसन शो मा झुम्दै

काठमाडौं । भोलि शनिवार धनगढीमा ‘एञ्जल अन द फ्लोर’ ग्राण्ड फेसन शो हुँदैछ । राजधानीबाट पश्चिममा रहेको शुदूरपश्चिमको धनगढीमा पहिलो पटक ‘एञ्जल अन द फ्लोर’ नामक ग्राण्ड फेसन शो हुन लागेको हो ।

जसमा राष्ट्रियस्तरका मोडलहरु र्‍याम्पमा उत्रँदैछन् । धनगढीस्थित साथी होटलमा हुने फेसन शो मा काठमाडौं र स्थानीयस्तरका सुन्दरीहरु र्‍याम्पमा देखिनेछन् ।

आरएनआर ग्रुप काठमाडौंको आयोजना हुन गइरहेको छैटौँ संस्करणको ‘एञ्जल अन द फ्लोर’ को मुख्य आर्कषणमा अभिनेत्री वर्षा सिवाकोटी हुनेछिन् । जो शोजटपरका रुपमा स्टेजमा देखिने छिन् । वर्षा द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिकले तयार पारेको पहिरनमा प्रस्तुत हुनेछिन् ।

आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठका अनुसार कार्यक्रममा मोडलहरु द हाइल्याण्ड आर्ट, जुजु वेयर र वोचु जिन्सको पहिरनमा र्‍याम्पमा प्रस्तुत हुनेछन् । उनीहरुले फेसन डिजाइनर कल्पना योङहाङ लिम्बूले डिजाइन गरेको ‘ढाका कक्टेल’ का अलावा जिन्स र जुजु वेयरले तयार पारेका आर्कषक पहिरनमा प्रस्तुत हुने छन् ।

चर्चित कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गर्नेछन् । उक्त कार्यक्रम शनिबार साँझ ७ बजेबाट सुरु हुने कार्यक्रममा अनलिमिटेड डिनर र कक्टेलको समेत व्यवस्था गरिएको छ ।

ताजा समाचार

शनिवार धनगढी ‘एञ्जल अन द फ्लोर’ ग्राण्ड फेसन शो मा झुम्दै