विश्वकप क्रिकेट : इङ्ल्यान्डद्वारा वेस्ट इन्डिज आठ विकेटले पराजित

लन्डन,

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा आयोजक इङ्ल्यान्ड विजयी भएको छ । वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गर्दै इङ्ल्यान्डले विश्वकपमा तेस्रो जित निकालेको हो ।

वेस्ट इन्डिजले दिएको २१३ रनको लक्ष्य पछ्याएको घरेलु टोली इङ्ल्यान्डले ३३.१ ओभरमा दुई विकेटको क्षतिमा २१३ रन बनाउँदै जित हात पार्‍यो । इङ्ल्यान्डको जितमा जोए रुटले ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरे ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले खराब प्रदर्शन गरेको थियो । वेस्ट इन्डिज ४४.४ ओभरमा २१२ रनमा समेटिएको थियो ।

विश्वकप क्रिकेट अन्तर्गत आज २ वटा खेल हुने तालिका छ । अष्ट्रेलिया र श्रीलंका तथा अफगानिस्तान र दक्षिण अफ्रिका विच खेल हुँदैछ । जसमध्ये अफगानिस्तान र दक्षिण अफ्रिकाले अहिले सम्म जित हात पार्न सकेका छैनन् ।