बाबुरामको पक्षमा २३० जना केन्द्रीय रहेको दाबी, निर्वाचन आयोगमा बुझाउने तयारी

बाबुरामको पक्षमा २३० जना केन्द्रीय रहेको दाबी, निर्वाचन आयोगमा बुझाउने तयारी


जनता समाजवादी पार्टी नेपालका २३० जना केन्द्रीय सदस्यले आफ्नो पक्षमा हस्ताक्षर गरेको डा बाबुराम भट्टराई पक्षले जानकारी दिएको छ । 

आज बिहान बसेको बैठकमा २३० जनाले हस्ताक्षर गरेको सो पार्टीका नेता विश्वदीप पाण्डेले बताएका हुन् । २३० जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउने तयारी भइरहेको उनले बताए । 

पार्टीमा केन्द्रीय सदस्यको कूल सङ्ख्या ४९९ रहेका छन् । उनले २३ जना सांसदमध्ये १० जना आफूहरूको पक्षमा रहेको पनि बताए।

Logo