एमसीसी, एसपीपी र आईपीएसविरुद्ध तीन दल आन्दोलित,यस्ता छन् आन्दोलनका कार्यक्रमहरु 

एमसीसी, एसपीपी र आईपीएसविरुद्ध तीन दल आन्दोलित,यस्ता छन् आन्दोलनका कार्यक्रमहरु 


विभिन्न तीन राजनीतिक दल एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णजीत बुढाथोकीको नेकपा माओवादी समाजवादी आन्दोलनमा उत्रिएका हुन् । 

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले १३ साउनमा देशव्यापी कोणसभा, १५ साउनमा देशव्यापी मसाल जुलुस, १८ साउनमा काठमाडौंमा अन्तरक्रिया र २१ साउनमा प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शन गर्ने जानकारी दिएका छन् ।

यसपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिने उनीहरुले बताएका छन् ।  साथै तत्कालीन ओली सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति पनि कार्यान्वयन गर्न माग गरेका छन् । 

Logo