नेपाल vs मलेसिया: ९ ओभरको खेलमा नेपालले फिल्डिङ गर्दै
"कप्तान पारस नखेल्ने "

आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकपको एसिया छनोट अन्तर्गत जारी प्रतियोगितामा अहिले नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

सिंगापुरमा वर्षाका कारण नियमित समयमा सुरु हुन नसकेको खेल ९ ओभरमा झारिएको छ । वर्षा रोकिएपछि टस भएको छ र नेपालका कप्तान ज्ञानेन्द्र मल्ले टस जितेर फिल्डिङ रोजेका छन् ।

आजको खेलमा  कप्तान पारस खड्का र ललित नारायण राजवंशी नखेल्ने भएका छन् । उनीहरुको स्थानमा आजको खेलमा रोहितकुमार पौडेल र प्रदीप ऐरीले खेलेका छन् । पवन सर्राफ भने आजको खेलमा पनि टिमबाहिर नै छन् ।

सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा मंगलबार भएको खेलमा कतारले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।