माथिल्लो कर्णालीको खरिद सम्झौता १ महिनाभित्रै हुने

माथिल्लो कर्णालीको खरिद सम्झौता १ महिनाभित्रै हुने

केन्द्रबिन्दु
0
Shares

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली किन्न एक महिनाभित्रै विद्यत् खरिद सम्झौता (पीपीए) हुने हुने भएको छ  । नेपाल भ्रमणमा रहेको बंगलादेशको  विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमान नेतृत्वको टोलीले एक महिनाभित्रै माथिल्लो कर्णालीको प्रवर्द्धक गान्धी मल्लिकार्जुन राओ (जीएमआर)सँग पीपीए हुने दाबी गरेको हो ।

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी ) को बैठकमा भाग लिन उनी नेतृत्वको टोली ६ भदौमा काठमाडौं आएका थियो । बुधबार सहसचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेडब्लूसी ) बैठक बसिरहेको छ । बिहीबार बस्ने सचिवस्तरीय बैठकमा पनि यसबारे बंगलादेशले औपचारिक जानकारी गराउने अपेक्षा गरिएको छ ।

Skip This
Skip This
Logo