मन्त्रीलाई लाइनमा बस्न आग्रह गर्दा हिरासतमा पुगेका सुरक्षागार्ड छुटे

मन्त्रीलाई लाइनमा बस्न आग्रह गर्दा हिरासतमा पुगेका सुरक्षागार्ड छुटे

केन्द्रबिन्दु
0
Shares

गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङ प्रहरी हिरासतबाट छुटेका छन्। 

पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा प्रहरी हिरासतमा पुगेका सुरक्षागार्ड गुरूङ  गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि छुटेका हुन् । सोमबार गृहमन्त्री खाँणले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई प्रक्रिया पु-याएर छाड्न निर्देशन दिएका थिए । 

आइतबार क्यानडाको भिसा प्रोसेसका लागि छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठ र उनका सुरक्षाकर्मीलाई सेक्युरिटी गार्ड कुँवरले लाइनमा बस्न भन्दै रोकेका थिए । तर, मन्त्री श्रेष्ठले शक्तिको दुरुपयोग गर्दै साँझ नै कुँवरलाई  दुर्व्यवहारको आरोपमा पक्राउ गर्न लगाई हिरासतमा राख्न लगाएका थिए । त्यसको चौतफी विरोध भएको छ थियाे भने गुरूङको रिहाइ माग्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायरसमेत भएको छ।

Logo