ट्राफिक नियन्त्रण १४५औं समूहको तालिम सञ्चालन

ट्राफिक नियन्त्रण १४५औं समूहको तालिम सञ्चालन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १४५औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले सोही कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गरेका हुन् । 

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दल राम टमटाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार १८ जना र प्रहरी जवान ४२ जना गरी कुल ६३ जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिए । 

Logo