पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७९० जनाको नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । जसमा ७५ जनामा पिसीआरबाट र ५१ जनामा एन्टीजेनबाट संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा १३७ जना संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको खबर छैन । हाल २ हजार १२९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।































प्रतिक्रिया