नेपाल पत्रकार महासंघले काठमाडौं उपत्यकामा डेंगु भएका पत्रकारलाई उपचारको व्यवस्था मिलाएको छ ।
पत्रकार महासंघले आज एक सूचना जारी गर्दै डेंगु महामारीको चपेटामा परेका पत्रकारहरुलाई उपचारको व्यवस्था मिलाएको जानकारी दिएको हो ।
‘काठमाडौं उपत्यकामा क्रियाशील सयौँ पत्रकार डेंगु महामारीको चपेटामा पर्नु भएको छ । कतिपय अस्पतालमा बेड नपाउने समस्या भएकाले भर्ना हुनुपर्ने अवस्थाका पत्रकारका लागि नेपाल प्रहरी अस्पताल महाराजगन्जमा भर्ना भइ उपचार गर्ने व्यवस्था मिलाइएको छ,’ महासंघको सूचनामा भनिएको छ ।
त्यस्तै पत्रकारले महाराजगञ्जकै मेदान्त पोलिक्लिनिकमा गएर समेत डेंगुको निःशुल्क परीक्षण गर्न सकिने महासंघले जनाएको छ । परीक्षणका लागि पत्रकारहरुलाई पत्रकार महासंघले जारी गरेको परिचय पत्र लिएर जान आग्रह गरिएको छ ।
‘परीक्षणका लागि पत्रकार महासंघले जारी गरेको पत्रकार परिचय पत्र वा काठमाडौं शाखा र महासंघ केन्द्रीय कार्यालयबाट सिफारिस लिएर जान सकिनेछ,’ महासंघले भनेको छ ।































प्रतिक्रिया