नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै डा केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको प्रति ध्यानाकर्षण गराउदै उनको जीवन रक्षाको माग गरेको छ । संघले डा केसीकोे जीवन रक्षाका लागि अविलम्ब वार्ता निष्कर्षमा पुर्याउन आग्रह समेत गरेको छ ।
सरकारले डा केसीको मागका सम्बन्धमा वार्ता टोली गठन गरेकोमा संघले स्वागत पनि गरेको छ । यसअघिका सम्झौता कार्यान्वयन र स्वास्थ्य क्षेत्रमा सुधारका माग राख्दै डा केसी विगत ८ दिनदेखि आमरण अनशनरत छन् ।
उनलाई राखिएको सेती प्रादेशिक अस्पतालले मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शंका भएको भन्दै थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरणका लागि पहल गर्न आग्रह गरेको छ । सेती अस्पताल प्रशासनले सोमबार एक विज्ञप्ती नै जारी गरेर डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिदै उपचारको लागि सुविधासम्पन्न अस्पतालमा लैजान आग्रह गरेको हो ।





























प्रतिक्रिया