नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रुपन्देही र धनुषामा डुबेर दुई जनाको मृत्यु भएको छ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ बिउलीस्थित नहरमा डुबेर सोही नगरपालिका–१६ जुडा बस्ने पाल्पा रिब्दीकोट गाउँपालिका–३ घर भएका १४ वर्षीय सन्देश श्रेष्ठको आइतबार साँझ मृत्यु भएको हो ।  नुहाउने क्रममा डुबेर अशक्त भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

धनुषाको जनकपुर उपमहानगरपालिका–१३ मणिमण्डव पोखरीमा डुबेर सोही उपमहानगरपालिका–१४ बस्ने १६ वर्षीय प्रिन्स राउतको आइतबार दिउँसो मृत्यु भएको छ । 

नुहाउने क्रममा डुबेर बेहोस भएका उनको मधेश प्रदेश विज्ञान प्रतिष्ठान अस्पताल मणिपाल जनकपुर हुँदै जानकी हेल्थ केयर जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

Skip This
Skip This
Logo