डा. केसीको आमाशयमा रक्तश्राव, काठमाडौं ल्याउने तयारी

डा. केसीको आमाशयमा रक्तश्राव, काठमाडौं ल्याउने तयारी

केन्द्रबिन्दु
0
Shares

धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । अस्पताल प्रशासनले उनको जीवन रक्षाकै लागि भए पनि जबर्जस्ती काठमाडौं लैजाने तयारी गरेको छ । 

अनसनरत डा. केसीले भने आफ्ना माग पूरा नभइ काठमाडौं नजाने अडान लिएका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार काठमाडौंबाट जसरी भए पनि उनलाई पठाउन निर्देशन आइसकेको छ । यही कारण आज उनलाई जबर्जस्ती भए पनि काठमाडौं लगिने उनको भनाइ छ । 

यस्तो छ डा. केसीको स्वास्थ्य अवस्था
डा. केसीको उपचारमा संलग्न डा. शेरबहादुर कमरका अनुसार उनको सुगर लेवल घटेर ४० पुगेको छ । यस्तै, प्रेसरको लेभल पनि निकै कम रहेको छ । अर्का डा. सुबेधराज कायस्थले उनको आमाशयबाट पनि रक्तश्राव भइरहेको बताएका छन् । 

Skip This
Skip This
Logo