पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता एक जनाको शव फेला परेको छ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाका अनुसार उद्धारमा खटिएको सशस्त्रको गोताखोरले पानीबाट शव निकालेको हो । योसँगै ६९ जनाको शव फेला परेको छ ।
आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट उडेको यति एयरको विमान सेती नदीको खोँचमा खसेको थियो । सो जहाजमा ४ जना चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए। अझै ३ जनाको शव फेला पार्न सकिएको छैन । उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।































प्रतिक्रिया