दार्चुलामा हिमपहिरो, यार्सागुम्बा खोज्न हिँडेकाहरु पुरिएको आशंका

दार्चुलामा हिमपहिरो, यार्सागुम्बा खोज्न हिँडेकाहरु पुरिएको आशंका

केन्द्रबिन्दु
0
Shares

दार्चुलामा मंगलबार हिमपहिरो गएको छ । दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा परी कम्तीमा ८ जना मानिस पुरिएको आशंका गरिएको छ ।

यार्सागुम्बा खोज्न हिँडेका ८/९ जना स्थानीय त्रिपालमा बसिरहेको बेला माथिबाट हिमपहिरो खसेको बताइएको छ । हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको डिएसपी थापाले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।

Skip This
Skip This
Logo