आज कोशी र गण्डकीसहित मुलुकका पहाडी भू-भागमा पानी पर्ने

आज कोशी र गण्डकीसहित मुलुकका पहाडी भू-भागमा पानी पर्ने

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ । 

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको  सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन /चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

Skip This
Skip This
Logo