संखुवासभाको भोटखोला गाउँपालिका-४ सिब्रुङमा दुर्घटना भएको सिम्रिक एयरको हेलिकप्टरका पाइलट घाइते भएका छन्।
माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा पाइलट र सवार एक जना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
हाल उनीहरूको उद्धार गरेर उपचारका लागि पठाउने तयारी भइरहेको बताइएको छ । दुर्घटनास्थलमा हाल नेपाल प्रहरी र नेपाली सेना परिचालन भएका छन् । उक्त क्षेत्र जिल्लाको अत्यन्तै विकट भएको र मोबाइल नेटवर्क पनि राम्रो नभएकाले विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ ।
































प्रतिक्रिया