सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरोले २ घर बगायो

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरोले २ घर बगायो

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।

गएराति लगातार परेको बर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुईवटा घर बगाएको छ ।

दुई वटा घर पहिरोमा पुरिँदा घरमा रहेका केहि व्यक्तिहरु बेपत्ता भएको आशंका गरिएको छ । ती घरमा कति मानिस थिए भन्ने एकिन नभएको प्रहरीले जानकारी दिएको छ । थप विवरण आउन बाँकी छ ।

असार २४ गते पनि सिन्धुपाल्चोकमै भिषण बाढी पहिरो गएको थियो । सो पहिरोमा ३ जनाको मृत्यु भयो भने अन्य २० जना बेपत्ता छन् । ३२ वटा घर बगाएको थियो ।

Logo