हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ

हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ

केन्द्रबिन्दु
0
Shares

ओखलढुंगामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन्। छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोसी गाउँपालिका-८, च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो।

एउटै साल एकै गाउँमा जन्मिएर ८३औँ वर्ष सहकार्य गरेका छिमेकी दुई वृद्धबीच बुधबार बिहान ८ः३० बजे सामान्य भनाभन भएको थियो। गोठबाट दूध लिएर घर फर्कंदै गरेका अधिकारी कटुवालले धकेल्दा लडेर घाइते भएका थिए।

गम्भीर घाइते अधिकारीलाई उपचारका लागि अस्पतालमा ल्याइएको थियो। अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए।

घटनामा संलग्न वृद्धलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। बुधबार साँझ पक्राउ परेका वृद्ध कटुवाल प्रहरी हिरासतमा छन्।

Logo