रास्वपाका पूर्वसांसद ढाकाकुमारलाई ‘धारिलो हतियार प्रहार’ भनेर लेख्ने एक युवक पक्राउ

रास्वपाका पूर्वसांसद ढाकाकुमारलाई ‘धारिलो हतियार प्रहार’ भनेर लेख्ने एक युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाकाकुमार श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको भनेर सामाजिक सञ्जालमा लेख्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

डा. श्रेष्ठले कारबाहीको माग गर्दै कास्की प्रहरीमा उजुरी दिएपछि स्याङजा आँधीखोला गाउँपालिका वडा नम्बर ५ ठुलीबराहाका ३५ वर्षीय सूर्यबहादुर रेग्मीलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।

केही दिनअघि रेग्मीले 'श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएकोर उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी' भन्ने स्टाटस राखेका थिए।

उनलाई नियन्त्रणमा लिई विद्युतिय कारोबार ऐन, २०६३ विपरितको कसूर (साईबर अपराध) अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

Logo