तपाईंको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाईंको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
9
Shares

आज २०८० भदौ २९ गते  शुक्रबार। १५ सेप्टेमबर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आत्मबलमा वृद्धि र सन्तुष्टि प्राप्त हुनेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला। राज्यबाट सहयोग मिल्नेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। महत्वपूर्ण अवसर गुम्न सक्नेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। धार्मिक यात्राको योग छ। नयाँ कार्यको योजना बन्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। प्रेमीको सहयोग पाइनेछ।आत्मिक सन्तुष्टि मिल्नेछ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
कार्य सम्पादनमा सहजता मिल्नेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। कुटुम्बको सहयोग मिल्नेछ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, काम गर्दा सजग भएर गर्नुहोला। मन खिन्न हुने स्थिति आउनेछ। अनावश्यक झमेलामा परिएला।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। स्वादिष्ट भोजन पाइनेछ। शुभकार्यको चर्चा चल्नेछ। परिवारमा सुख सन्तोष छाउनेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज जोशजाँगर र हिम्मत बढ्नेछ। मनोरञ्जनमा सहभागी भइएला। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज प्रतिष्ठित काम गर्ने मौका छ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज मानसिक चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। आम्दानीभन्दा खर्च ज्यादा हुन सक्ने हुन्छ। टाढाको यात्रा पनि नगर्नु नै राम्रो हुनेछ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। अचल सम्पत्ति हात पर्ने योग छ। शुभ समाचार सुन्न पाइएला।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
परोपकारी कार्यमा संलग्न भइनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

Skip This
Skip This
Logo