गैह्रीगाउँ हत्या प्रकरणः चार वटै शवको सनाखत, शङ्कास्पद एक जना पक्राउ

गैह्रीगाउँ हत्या प्रकरणः चार वटै शवको सनाखत, शङ्कास्पद एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति हत्या भएको चारै जनाको शवको सनाखत भएको छ। मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन्।

यस्तै मोरङका १९ वर्षका नवीन राई छन्। कुमार दिव्य सः फर्निचर मिलका सुरक्षा गार्ड हुन्। मिलभित्र धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शनिबार बिहान ४ जनाको शव फेला परेको थियो। हत्याको आशङ्कामा प्रहरीले धनकुटाका २४ वर्षीय दीपेन्द्र राईलाई प्रहरी नियन्त्रणमा लिएको छ।

Skip This
Skip This
Logo