भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ वृहस्पती मार्गमा ७ वर्षीय एकजना बालकको खसेर मृत्यु भएको छ। स्थानीय संजिव श्रेष्ठको साढे तीन तले घरको तेस्रो तलामा डेरा गरी बस्ने वर्ष ७ को डेविट डाइमन्डको खसेर मृत्यु भएको प्रहरीले जनाएको हो।
अछाम मेलेकु नगरपालिका घर भई हाल सोही स्थानमा डेरागरी बस्ने रामबहादुर बुढाको छोरा वर्ष ७ को डेविट डाइमन्ड बुढा आफ्नै डेरा कोठामा खेल्ने क्रममा कोठाको झ्यालबाट खसेको प्रहरीले जनाएको हो।
सोही घरको कम्पाउण्डमा बारेको फलामको बारमा पर्न जादा घाइते भएका थिए। उपचारको लागी नागरिक अस्पताल गठ्ठाघर भक्तपुर लगेकोमा उपचारकाे क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ। सो सम्बन्धमा प्रहरी वृत ठिमीबाट थप अनुसन्धान भैरहेको जनाइएको छ।





























प्रतिक्रिया