हिरासतमा रहेका ट्रक चालकलाई बाहिर निकालेर निर्घात कुटपिट

हिरासतमा रहेका ट्रक चालकलाई बाहिर निकालेर निर्घात कुटपिट

केन्द्रबिन्दु
0
Shares

प्रहरी हिरासतमा रहेका ट्रक चालकलाइ नियन्त्रणमा लिइ मरासन्न हुने गरी कुटपिट भएको घटना सार्बजनिक भएको छ। ईप्रका विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाइ प्रहरी हिरासतवाट बाहिर निकाली निघार्त कुटपिट गरिएको हो। 

फतुवा विजयपुर नगरपालिका घुसुकपुर निवासी उमेश कुमार यादवको ट्रकको ठक्करबाट सन्तपुर चौक मृत्यु भएपछि पक्राउ परेका ट्रक चालकलाइ निर्घात कुटपिट गरिएको हो।

सो दुर्घटना परी निधनप्रति भएका प्रति दुःख व्यक्त सो क्षेत्रका प्रतिनिधिसभा सदस्य प्रभु साहले विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई हिरासतबाट बलजब्ती बाहिर निकाली जंगलराजको शैलीमा निर्मम कुटपिटको निन्दा गरेका छन्।

उनले सो घटनामा संलग्न अपराधीहरुलाई यथाशीघ्र कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन सहित नेपाल सरकारसंग जोडदार मागसमेत गरेका छन्।

Logo