२०८० असोज १३ देखि असोज २० सम्म ।
ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन् । वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ । हामी ग्रहस्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ। तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रदान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ । तर, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुने छ । हामीले दिएको उपाय अपनाउनु भो भने यो साता तपाईंको लागि एकदम राम्रो बित्ने छ ।
नयाँ सम्पत्ति किन्नको लागि बिहीबार र शुक्रबार सुभसाइत छ । आजबाट शोर्हश्राद शुरु भएकाे छ । यो १६ दिन आफ्नो पितृ तथा पुर्बजहरुलाई नियमित जल चढाउनुस् र तिथि अनुसार श्राद गर्नुस् । यो बर्षभरको लागि विशेष उपाय हो ।
प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल-
मिथुन राशि
यो साता तपाईंको आम्दानी राम्रो रहनेछ, खुशी रहनु हुनेछ । गुरुको आशीर्वादले हरेक काममा लाभ मिल्नेछ। आर्थिक अवस्था मजबुत हुनेछ । कतैबाट शुभ समाचार प्राप्त हुनेछ । मंगलबार र बुधबार अलिकति चिन्ताको स्थिति रहनेछ । आमाको स्वास्थ्यमा सम्स्या आउनसक्छ, तपाईंको स्वास्थ्यमा पनि समस्या देखिनसक्छ खानपिनमा ध्यान दिनु होला । जीवनसाथीसँग मनमुटाव हुनसक्छ । यस समयमा तपाईंका आफ्नै मानिसहरूले तपाईंलाई फसाउन सक्छन्, ध्यान दिनुहोला, त्यसैले सचेत र सजग रहनुहोस् । बिहिबार पछि सबै काममा सफलता मिल्नेछ । परिवारका सबै सदस्यहरू सँगै बसी भोज तथा पार्टीको वातावरण मिल्ने छ । धार्मिक कार्यमा व्यस्त रहन सकिनेछ ।
उपाय- पितृको सेवा गर्नुस् । वृदाआश्रममा कपडा दान गर्नुस् ।































प्रतिक्रिया