जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेकाे छ। महालक्ष्मी नगरपालिका-४ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ४५ वर्षीया रेवती नेपालीको फेन्सी पसलमा जुवातास खेलिरहेको अवस्थामा नेपाली समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हाे।
प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९४ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।





























प्रतिक्रिया