आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० कात्तिक ३ गते शुक्रबार। २० अक्टोबर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। महिला वर्गबाट सहयोग पनि मिल्नेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
मन खिन्न हुने स्थिति आउनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। लगानीमा गिरावट आउनसक्छ, तर साँझमा कार्य सम्पादनमा सहजता मिल्ला।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। प्रेमीको सहयोग प्राप्त हुनेछ। छोटो यात्रा पनि होला।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
श्रमको उचित मूल्याङ्कन हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ। शुभ समाचार पनि सुन्न पाइएला।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। आँटेको र ताकेको कार्य पुरा हुन सक्नेछ। कलकारखाना र बन्दव्यापारमा पनि राम्रै हुनेछ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
मन सम्हाल्न आवश्यक हुनेछ। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ। शेयर बजारमा पनि उतारचढाव आउन सक्छ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
परिवारका सदस्यहरू सकारात्मक हुनेछन्। माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
इनाम र प्रतिष्ठा कमाउने बेला छ। परिवारमा सुख सन्तोष छाउनेछ। अधुरो काम बन्नेछ। धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ। धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज समय मध्यम खालको रहनेछ। अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु होला, तर रमाइलो यात्राको सम्भावना पनि छ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। पठनपाठनमा प्रगति हुनेछ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
सामाजिक प्रसिद्धि प्राप्त हुनेछ। विशिष्ट व्यक्‍तिको भेटघाटले मन प्रसन्न हुनेछ। सवारी साधनको खरिद हुने योग छ। लामो यात्रा सुखद् र सफल हुनेछ।

Skip This
Skip This
Logo