तलेजुको वाहन सेतो घोडा जात्रा सम्पन्न

तलेजुको वाहन सेतो घोडा जात्रा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

तलेजु भवानीका वाहनको प्रतीक सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ। ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा रहेको छ।

जात्रा अगाडि तलेजुका चार मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप तलेजु भवानीलाई कालरात्रि पूजा, टीका साइत पूजा गरी विर्सजन पूजा सम्पन्न गरिन्छ।

पूजा सम्पन्न भएपछि घोडालाई विधिवत्रुपमा पूजा गरी भेडा बलि दिइसकेपछि भक्तपुर नगरमा डुलाइ घोडा जात्रा सुरु गरिने तलेजुका आचाजु सिद्धिविर कर्माचार्यले जानकारी दिए। 

घोडालाई तलेजुको मूलचोकबाट बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट खौमा, इटाछें, भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो दरबार क्षेत्र खिछें, चोछें, भोलाछें, थालाछें, दत्तात्रय, गोलमढी, सुकुलढोका र तमारी हुँदै नारायणचोकसम्म घुमाइ जात्रा सम्पन्न गरिन्छ। 

तलेजुको पायःद्यो जात्रा सम्पन्न

बडादसैँ र एकादशीको मध्यरातमा मनाइने भक्तपुर तलेजुको पायःद्यो ९खड्ग देव० को जात्रा गए राति सम्पन्न भएको छ। तलेजु भवानीको साक्षात्त रूप मानिने पायःद्यो लाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्याई जात्रा मनाइने गरिन्छ।

बडादसैँको राति तलेजु आगम मन्दिरको ख“ कुथि कोठावाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शास्त्रअस्त्रसहित तलेजुको प्रतीरुप पायःद्योलाई तलेजुका मूल आचाजु र पुरोहितले राजोपाध्यलाई हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने  तलेजुका पुजारी नरेन्द्र जोशीले बताए।  

जात्राका क्रममा तलेजुमा राजोपाध्यायले पायःद्योलाई आफ्नो का“धमा बोकेर तलेजु मूलचोकबाट बेकोचोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा रहेको छ। 

पायःद्योले दरबार स्क्वायरस्थित स्वर्णद्वार पुगेपछि पङ्क्तिबद्धरुपमा प्रतीक्षारत रहेका नवदुर्गा देवगणलाई पालैपालो मन्त्रसिद्धी प्रदान गर्छन्। तलेजु भवानीबाट मन्त्रसिद्धी प्राप्तिपछि पायःद्यो जीवित देवता नवदुर्गा देवगणसहित पथयात्राका लागि अगाडि बढ्ने प्रचलन रहेको छ। यो जात्रा चन्द्रमासको तिथि र गतिका आधारमा नभइकन माथिल्लो र तल्लो टोलमा गर्ने परम्पराको आधारमा हुने गर्दछ। 

Skip This
Skip This
Logo