अज्ञातद्वारा मदन भण्डारीको सालिक तोडफोड

अज्ञातद्वारा मदन भण्डारीको सालिक तोडफोड

केन्द्रबिन्दु
0
Shares

रामेछापको खाँडादेवी गाउँपालिका-५ पकरबासको सल्लेनी वनमा रहेको मदन भण्डारीको सालिक तोडफोड गरिएको छ। खाँडादेवी गाउँपालिका-५ का वडाध्यक्ष मनोज पौडेलका अनुसार महाअष्टमीको राति अज्ञान व्यक्तिले सालिक तोडफोड गरेका हुन्। 

डोरमणि पौडेल मुख्यमन्त्री हुँदा बागमती प्रदेश सरकार,खाँडादेवी गाउँपालिका र वडा कार्यालय समेतको लगानीमा पार्क निर्माण गरी मदन भण्डारीको सालिक राखिएको थियो।

सदरमुकाम मन्थली र आसपासका क्षेत्र तथा खाँडादेवी गाउँपालिका मानिसलाई घुम्न जान सो पार्क पायक पर्ने गरी निर्माण गरिएको थियो।पार्कमा राखिएको मदन भण्डारीको सालिकको एउटा गोडा भाँचेर फालिएको छ। त्यस्तै सालिकको पनि विभिन्न भागमा ढुङ्गाले हानेको कारण चोट लागेको छ। 

यस अघि पनि सो पार्कको गेटमा लगाइएको ताला फोडिएको थियो। पटक पटक ताला फोडिएपछि ताला लगाउन छाडिएकोमा अहिले सालिक नै तोडफोड गरिएको पौडेलले बताए। ‘फरक विचार राख्ने अराजकले तोडफोड गरेर क्षति पुर्याएका हुन्’, पौडेलले भने।

Skip This
Skip This
Logo