कंकालिनीमा ६ सय ६९ वटा राँगा र ४१ हजार खसीबोकाको बलि

कंकालिनीमा ६ सय ६९ वटा राँगा र ४१ हजार खसीबोकाको बलि

केन्द्रबिन्दु
0
Shares

सप्तरीको हनुमाननगरस्थित कंकालिनी मन्दिरमा ६ सय ६९ वटा राँगाको बलि चढाईएको छ । करिब ४१ हजार खसीबोकाको समेत बलि चढाईएको भारदहका वडाअध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए।

प्रसिद्ध यो मन्दिरमा घटस्थापनादेखि विशेष पूजाआजा हुने परम्परा रहिआएको छ। दसैंको महानवमीको दिन भने पशुपंक्षीको बलि चढाएर भक्तजनहरुले भाकल पूरा गर्ने चलन छ । राँगा बलिकालागि मन्दिर विकास समितिले अपनाएको गोलाप्रथा विधिबाट एक नम्बरमा स्थानीय मनिष (छोटु) झाको राँगा बलि दिइएपछि बलि प्रक्रिया अघि बढाइएको थियो।

मन्दिर सफाइमा ओम ट्रेडर्स

पर्वको पूजाआजा सकिएपछि कंकालिनी भगवती मन्दिरको सरसफाइ पनि गरिएको छ । जम्मा भएको फोहोर स्थानीय ओम ट्रेडर्सको अगुवाइमा सरसफाइ गरिएको हो। 
ट्रेडर्सका सञ्चालक चन्दनकुमार कापैरको नेतृत्वमा परिवारका सम्पूर्ण सदस्यसहित सहयोगीहरुको सहभागितामा मन्दिर परिसरलाई सरसफाइ गरिएको छ। 

रांगा बलिअघि हुने संकलप पूजाको अवसरमा स्थानीय बासिन्दा एवं नागरिक समाज काठमाडाैंका अगुवा गणेशकुमार मण्डलको सक्रियतामा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पबृष्टि अर्थात् फूल बर्साइएको थियो।

भक्तजनले गरेको भाकल पूरा भएपछि कंकालिनीमा रांगाको बलि दिने चलन रहिआएको छ। सोही क्रममा दशैं भरि यहाँ करिब ४१ हजार खसीबोकाको बलि समेत भएको भारदहका वडाअध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए। गत वर्ष कंकालिनी मन्दिरमा ६ सय ६९ वटा रांगाको बलि प्रदान गरिएको थियो भन्ने त्यसको अघिल्लो  वर्ष ७ सय ४४ वटा रांगाको बलि दिइएको थियो ।

Skip This
Skip This
Logo