स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२-०२७-प ४८४२ नं को स्कुटर बुधबार  दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौँ महानगरपालिका-२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका र उनको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ उनकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७ः३० बजे मृत्यु भएको थियो।

उनका अनुसार काठमाडौँबाट हेटौँडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो।

Skip This
Skip This
Logo