बैतडीको पाटन नगरपालिकाका बजार १५ गतेसम्म सिल

बैतडीको पाटन नगरपालिकाका बजार १५ गतेसम्म सिल

केन्द्रबिन्दु
0
Shares

बैतडी ।

कोरोना सङ्क्रमित बढ्न थालेपछि बैतडीको पाटन नगरपालिका भित्रका बजार क्षेत्रलाई आजदेखि सिल गरिएको छ । सर्वपक्षीय बैठकले नगरका बजार क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

कोरोनाका बिरामी बढ्दै गएपछि सङ्क्रमणको जोखिम बढ्ने भएकाले बजार क्षेत्र सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिए । लकडाउन खुकुलो भएसँगै बजारमा भीडभाड बढेकाले कोरोनाको जोखिम न्यूनीकरण गर्न उक्त कदम चालिएको हो । उनले भने, “ नागरिकको जीवन रक्षाका लागि यो कदम उठाइएको हो ।” नगरपालिकाको पाटन, मानिकाखान, खोड्पे लगायतका बजार क्षेत्र असार १५ गतेसम्म सिल गरिएका हुन् । निर्णय उल्लङ्घन गरेमा जरिवाना गरिनेछ ।

नगरपालिकाका आठ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । एक जना निको भएर घर फर्केका छन् । बाँकी ७ जना आइसोलेशनमा बसिरहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । नगरपालिकाभित्रका बैंक तथा वित्तीय संस्थालाई आइतबार, सोमबार र बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म मात्रै खोल्न नगरपालिकाले आग्रह गरेको छ ।रासस

Logo