ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ८ घाइते

ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ८ घाइते

केन्द्रबिन्दु
0
Shares

रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि थप ८ जना घाइते भएका छन्। 

गएराति साढे १० बजेको समयमा आठबीस नगरपालिका-१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार, आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की  र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको छ। 

आठबीसकोट नगरपालिकाको राडिबाट घर्ती गाउँ जाँदै गरेको ट्याक्टर घुम्ती सडकमा मोड्न खोज्दा दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घाइतेरूलाई उद्धार गरेर आठबीसकोटमा रहेको अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। उपचाररत घाइते ८ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको पनि उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। 

Logo